Ticker

6/recent/ticker-posts

Header Ads Widget

कविता : भ्रममा भुलेको संसार






















आज कालेको जन्मदिन,
मात्र जन्मोत्सब नै भो अब,
जस्तो कृष्ण जन्माष्टमी,
मात्र ऊत्सव छ अब,
न कृष्ण छ यहाँ, न तिमी
जस्तो शिवरात्री,
मात्र जाग्राम छ अब,
न शिव छ यहाँ, न तिमी
जस्तो क्रिसमस,
मात्र प्राथना छ अब,
न क्राईस्ट छ यहाँ, न तिमी
जस्तो भगवान,
मात्र पूजा छ अब,
न भगवान देख्छु यहाँ, न तिमी
~~~~~~~
मात्र भाव छ,
जस्तो निलो आकाशमा बादल,
लाग्छ आकाशमा शयर गर्दैछ,
मात्र प्रकाश छ,
जस्तो निलो आकाशमा सूर्य,
लाग्छ सधैँ आकाशसँगै छ,
मात्र शून्यता छ,
जस्तो रात्री आकाशमा चन्द्र,
लाग्छ आकाश आफ्नै भएर हरेक रूप देखाउँछ,
साझा छ एऊटै, तर विराट छ रे आकाश,
खोई त आकाश?
त्यस्तै अरे भगवान,
कहिले छुने त्यो भगवान?
अनि प्रेम,
कहिले फुल्ने हो प्रेम?
~~~~~~~~
~O🌞~

Post a Comment

0 Comments