Ticker

6/recent/ticker-posts

Header Ads Widget

नीरूपम

                         


 सरल त परमात्मा संगको प्रेम छ,      

बाँकीलाई त प्रेममा पनि राजनीति जान्नुपर्छ

प्रेममा झुकाव, प्रकृति नतमस्तक हुन्छ

नर-नारीलाई त्यो झुकाव सस्तो लाग्छ

सस्तो, सस्तो-प्रेम संसारलाई पखाला हो

निराकार प्रेम,आकार खोज्नेले थाम्न गाह्रो

सस्तो , सस्तो- प्रेम,प्रेम त होइन सस्तो

नजानेर, शून्यलाई बुजेछन् है संसार सस्तो

शून्यतामा शून्य

नीराकर को नीर

प्रेममा भगवता

खोज्छौ !!

हो, प्रेमलाई सहज स्वीकार

निश्चल पानीको बहाव जसरी

पानीको स्वभाव जसरी

वर्षा जस्तै बर्सन देऊ

बरफ जस्तै जम्न देऊ

खोला जस्तै बग्न देऊ

मुहान जस्तै फुट्न देऊ

माटोमा सोस्न देऊ

बस !! अरे, सकिन्न !!

असीमितलाई सीमित गर्न ती शब्दमा

सकिन्न धाराप्रवाह शब्दमा

सकिन्न निशब्दलाई भिजाउन शब्दमा

सकिन्न अलङकारलाई गाउन शब्दमा

सकिन्न समर्पणलाई तोल्न शब्दमा

समर्पण, मात्र समर्पण अनि समर्पण र समर्पण

समर्पण त्यो साहस अनि सहज

समर्पण प्रेमले, पूजा र प्रार्थना

समर्पण नै, अपारको पार

पार अपार पार !!

पार, पार !!

💗💗💗

- OSUN

Post a Comment

0 Comments